बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले १२ वर्षदेखि फरार भएका प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बागलुङ जिल्ला अदालतले नकवजनी चोरी सम्बन्धी कसुर मुद्दामा दुई वर्ष ११ महिना ९ दिन कैद र रु ६० हजार जरिवाना सजाय तोकिएका बागलुङ नगरपालिका–१३ का सागर हरिजनलाई पक्राउ गरी कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो ।
२०६९ साल असार १४ गते जिल्ला अदालत बागलुङले हरिजनलाई कैद सजाय तथा नगद जरिवाना तोकेपनि हालसम्म फरार भएका थिए ।













































































































































































































