३ श्रावण २०८३, आईतवार

 

बन्चरो प्रहार गर्ने श्रीमान पक्राउ

बागलुङ । बागलुङमा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी छिन् ।

घरायसी विवादमा श्रीमतीलाई बन्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका ३० वर्षीय हिमाल परियारले १९ वर्षीय श्रीमती अन्जु परियारलाई बन्चरो प्रहार गरी गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

कार्तिक ४ गते आईतबार दिउँसो साढे १२ बजे बन्चरो प्रहार गर्दा श्रीमती अन्जुको टाउँकोमा चोट लागेको र अहिले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको छ ।

श्रीमान हिमाल परियारलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । मंगलबार जिल्ला अदालत बागलुङबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung