३ श्रावण २०८३, आईतवार

 

तिब्बतमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, तत्काल उद्धारमा खट्न राष्ट्रपति सीको निर्देशन

बागलुङ । चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ६ .५० गएको ७ म्याग्नेच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ ।

चीनको तिब्बतमा गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते प्रारम्भिक विवरण आएको छ ।

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।

नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

यसैबीच चीनका राष्ट्रपति सी जिनपिङले भूकम्पमा परेकाको जीवन जोगाउन, क्षतिलाई न्यून गर्न र राहत र उद्धारमा खट्न निर्देशन दिनु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung