बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा सरिता खत्री सर्वसम्मत चयन भएकी छिन् ।
बागलुङ बजारमा शनिबार सम्पन्न प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ जिल्ला अधिवेशन तथा सोह्रौँ साधारण सभाले खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा अनिष खाती र शर्मिला रोका, सचिवमा विनोद थापा प्रतिक, कोषाध्यक्षमा दिलिप पर्तेल, सहसचिवहरुमा दिनेश जिसी र विपना आचार्य चयन भएका छन् ।
साथै सदस्यहरुमा विमल खड्का, ज्ञानसिंह, शिशिर विक सुनिल, सन्तु बुढाथोकी, विशाल विक, शान्ति रसाइली र जोगेन्द्र विक रहेका छन् ।
साथै राष्ट्रिय महाधिवेशन प्रनिनिधिहरुमा राजेशचन्द्र राजभण्डारी र थम्मन थापा ‘सन्देश’ र गण्डकी प्रदेश प्रनिनिधिहरुमा बद्री प्रसाद शर्मा, वीरबहादुर चोखाल र कोपिला कँडेल छनौट हुनु भएको छ ।
नवनिर्वाचित समितिलाई नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’ र बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद वझा र नवनिर्वाचित अध्यक्ष सरिता खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
छैठा जिल्ला अधिवेशनको नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा प्रेस सन्टर नेपाल बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारीले उद्घाटन गर्नु भएको यियो । देश र समाज संकटमा परेको बेला जनपक्षिय पत्रकारहरुको भूमिका र आवश्यकता अझ बढेर गएको राजभण्डारीले बताउनुभयो ।
सञ्चार जगत समस्या परेको बेला, सर्वसाधारण जनताहरुले जवाफदेही र सुशासनले भरिएको लोकतन्त्र र सरकार चाहेको बेला सत्यको जगमा उभिएर तथ्यमा आधारित पत्रकारिता अहिलेको मुख्य आवश्यकता भएको उहाँको भनाई थियो । कार्यक्रममा पत्रकारहरु कोपिला कँडेल र संगम घर्ती मगरलाई नगद दश हजार, सम्मान पत्र र ढोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’, जिल्ला प्रशासन कार्याल बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, प्रेस सेन्टर नेपाल का केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, गण्डकी प्रदेशका महासचिव सन्तोष गौतम, प्रगतिशिल पत्रकार संघ नेपालका सल्लाहकार किरण आचार्य, सम्मानित पत्रकारहरु कोपिला कँडेल, संगम घर्ती मगर, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, प्रेस चौतारी बागलुङका सचिव अर्जुन कार्कीले मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्ष थम्मन थापा ‘सन्देश’को अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव अनिष खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































































