गण्डकी । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले पुन सर्वसम्मत चयन भएका छन् ।
पोखरामा आइतबार सम्पन्न सेन्टरको तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना चयन भएका छन्।
साथै महासचिवमा गुणबहादुर रोका, सचिव (दलित) सानेबहादुर नेपाली, जनजाति सचिवमा दानबहादुर गुरुङ, सचिवमा सुरेश अधिकारी, खुला सचिवमा अग्निधर लुइँटेल र कोषाध्यक्षमा श्रीभद्र पौडेल चयन भए ।
त्यसै गरी सदस्यहरूमा सविता शर्मा, सन्तोष परियार, राजकुमार छत्कुली, राजबाबु पिसी, विमल आचार्य, फणिन्द्र अधिकारी, रवी दाहाल, लक्ष्मण दङ्गाल, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे सर्वसम्मत भएका छन् ।















































































































































































































