बागलुङ । नेवाः मुक्ति मोर्चा बागलुङको शनिबार बागलुङ बजारको हनुमान पौवाको सभा हलमा सम्पन्न पाँचौं अधिवेशनले इश्वर मलेपतीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा रम्भा शाक्य, सुधिर श्रेष्ठ, टेक प्रसाद श्रेष्ठ, सचिवमा ताराप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा अजय मलेपती र सहसचिवमा राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।
साथै सदस्यहरुमा हिमाली बज्राचार्य, रेणुका राजभण्डारी, खिमकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, उत्तम प्रसाद श्रेष्ठ, गण देवी श्रेष्ठ, विनायक राजभण्डारी, विजय श्रेष्ठ, नारायण देवी राजभण्डारी, युगेन्द्र श्रेष्ठ, सुमन प्रधान, जोन बज्राचार्य र प्रणाथ श्रेष्ठ रहेका छन् ।
समितिको सल्लाहकारमा विन्दु सागर राजभण्डारी, विकाश शाक्य, लिलाम्बर बज्राचार्य, तुलसी नारायण भारी, अनुप कुमार श्रेष्ठ, दिव्य शाक्य र सुन्दरी श्रेष्ठ रहेका छन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष इश्वर मलेपतीले बागलुङको नेवारहरुको हकहित र भाषा, संस्कृति र सभ्यताको संरक्षण र प्रवद्र्धन निरन्तर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका सचिव तथा बागमती इन्चार्ज हितमान शाक्यले नेवा मुक्ति मोर्चाले समग्र आग्रगामी आन्दोलनको पक्षमा, जनताको हितमा र नेवारी संस्कृतिको विकासमा क्रियाशिल हुन र मोर्चाको हरेका कदममा आफनो पनि साथ र सहयोग हुने बताउनुभयो ।
साधारण सभामा नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, नेपाल भाषा मंका खल बागलुङका संस्थापक संयोजक प्रेम छोटा, विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष हरिहर श्रेष्ठ, जेष्ठ नागरिक संघ जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष चिरिञ्जिवि श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सचिव किस्मत मणि श्रेष्ठ, नेवा मिसा दवुका पूर्वकेन्द्रीय सदस्य रम्भा शाक्य, हनुमान नाँच संरक्षण परिषदका संरक्षक इश्वर मलेपती, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कोषाध्यक्ष मनकाजि विश्वकर्मा, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सल्लाहकार रुद्र शर्मा, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरे, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, केन्द्रीय सदस्यहरु चन्द्रबहादुर बुढा सागर, कृष्ण केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेवाः मुक्ति मोर्चा बागलुङका कार्यवाहक अध्यक्ष सुधिर श्रेष्ठको अध्यक्षता, सदस्य राजेन्द्र श्रेष्ठको स्वागत र सदस्य मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































































