
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ मा पिकअप जिप दुर्घटना भएको छ ।
सोमबार साँझ बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेबाट दर्लिङ जाँदै गरेको लु ३ च ५५६९ नम्बर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार निसीखोला गाउँपालिका वडा नम्बर ७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेलले मृत्यु भएको हो ।
अन्य ६ जना घाइते भएका छन् । उनीहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
मृतक र घाइतेको विवरण
१. जिल्ला बागलुङ निसिखोला गाउँपालिका-७ चोलाङ बस्ने वर्ष ७५ को खड्क बहादुर कुवर (मृतक)
२. ढोरपाटन नगरपालिका-५ नाथुरे बस्ने वर्ष ३५ की जुना कँडेल (मृतक)
३. बडिगाड गाउँपालिका-९ बस्ने वर्ष ६३ की तेज कुमारी बुढा टाउको र शरीरमा भित्री चोट बोल्न नसक्ने, अवस्था गम्भिर रहेको (गण्डकी अस्पताल पोखरा रिफर)
४. बडिगाड गाउँपालिका-९ खहरे बस्ने वर्ष ५० की निमसरा बुढा टाउकोमा चोट बोल्न सक्ने अवस्था मध्यम रहेको ।
५.ऐ.ऐ. बस्ने वर्ष ५२ की यम कुमारी पौडेल अनुहारमा चोट बोल्न सक्ने अवस्था मध्यम रहेको ।
६.ऐ.ऐ. बस्ने वर्ष ३० की सिता पौडेल टाउकोमा चोट अवस्था सामन्य रहेको ।
७.चालक-ऐ बडिगाड गाउँपालिका-९ दर्लिङ बस्ने वर्ष २३ को हिमाल घर्ती मगर सामान्य रहेको (प्रहरीको नियन्त्रणमा रहेको ।)
८.ऐ.ऐ.बस्ने सिता पौडेलकी छोरी बर्ष ०३ की अंशु पौडेल (सामान्य)