बागलुङ । बैंकर्स बागलुङद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
ग्लोबल मनी वीक अवसरमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको थियो ।
कार्यक्रममा बैंकर्स बागलुङका अध्यक्ष श्रीजय श्रेष्ठ र प्रभु बैंक बागलुङका प्रबन्धक अर्जुन शर्माले विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा डिजिटल बैंकिङको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बैंकले प्रदान गर्ने सेवाहरु, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेल, वित्तीय अपराधलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।कार्यक्रममा ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी, शिक्षकहरु कुलराज शर्मा र मन्जु थापाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक बागलुङ शाखाका प्रबन्धक विमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।









































































































































































































