१७ बैशाख २०८२, बुधबार

 

चैत २४ गते बागलुङमा निःशुल्क आँखा र दन्त शिविर हुने

बागलुङ । चैत २४ गते बागलुङ बजारमा निःशुल्क आँखा र दन्त शिविर सञ्चालन हुने भएको छ ।

रोटरी क्लब अफ ज्ञानेश्वर, रोटरी क्लब अफ बागलुङ र रोट्रयाक्ट क्लब अफ बागलुङको संयुक्त आयोजना र धौलागिरि प्रादेशिक अस्पताल, धौलागिरि आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिनको निःशुल्क आँखा र दन्त शिविर सञ्चालन हुन लागेको रोटरी क्लब अफ ज्ञानेश्वरकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिइन् ।

शिविरमा धौलागिरि प्रादेशिक अस्पतालका दन्त चिकित्सकहरु डा. किरण कँडेल, डा. सम्झना लामिछाने, डा. सन्देश परियार र जेएमसि अस्पताल पोखराका दन्त चिकित्सकहरु डा. अस्मिता रिजाल, डा. निलिमा श्रेष्ठ र डा. बबिता दुलालको प्राविधिक टोली रहने छन् ।

आँखा शिविरमा पहिचान भएका मोतिबिन्दुका विरामीहरुलाई शल्यक्रियाको लागि पहल गरिने रोटर क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

साथै शिविरमा नेत्र चिकित्सकहरु डा. सुहान श्रेष्ठ, डा. एलिना सापकोटा, नेत्र सहायकहरु सुजन पाण्डे, कविता भण्डारीको टोलि रहने छन् । शिविर विहान दश बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुने रोटरी क्लब अफ बागलुङका निर्वतमान अध्यक्ष दिपेन्द्र घिमिरेले बताउनुभयो ।

दन्त शिविरमा स्केलिङ, दाँत भर्ने, आरसिटी र दाँत झिक्नु पर्नेलगाएत विरामीहरुलाई सेवा प्रदान गरिने छ । शिविर सम्पन्न गर्नको लागि बागलुङ नगरपालिका, सालिमार ज्वेलर्स विशाल बजार र लाएक्रा बुटिक कुपुण्डोल ललितपुरले आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका र दन्त सेवा लिन चाहनेलाई केन्द्रीत गरेर स्वास्थ्य शिविर आयोजना गरिएको मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung