२९ बैशाख २०८२, सोमबार

 

बागलुङमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु (तस्वीर सहित)

बागलुङ । बालबालिकामा हुने कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।

बागलुङ नगरपालिकाको सबै वडाहरुमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन सुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

साथै नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिन सुरु गरेको छ। वैशाख ६ र ७ गते पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

तस्बीर :  दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung