२९ बैशाख २०८२, सोमबार

 

प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गरेका छौं : देव गुरुङ

बागलुङ, । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सरकारको प्रतिपक्षको भूमिका आफ्नो पार्टीले सशक्त ढंगले निर्वाह गरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले अहिलेको समयमा सरकारको कामका आधारमा सचेत,जागरुक र खबरदारी गराएको बताउनुभएको छ ।

“हाम्रो पार्टी प्रतिपक्षमा छू, गुरुङले भन्नुभयो, ूसदन, सडकबाट सरकारलाई सजक,सचेत र खबरदारी गरिरहेका छौं ।” उहाँले डेमोक्रेसी, राष्ट्रियताको रक्षा र सुशासन कायम राख्नपर्ने अभियानमा आफुहरू रहेको बताउनुभएको छ । वृहत शान्ति सम्झौता र गणतन्त्रका पक्षधरमा रहेको घटकहरू विखण्डित भएको अवस्थामा राजतन्त्रवादीहरू सलबलाएको बताउनुभएको छ ।

“गणतन्त्रवादी पक्षधरहरू विखण्डित भएू, उहाँले भन्नुभयो, ूत्यसको परिणाम पूर्व दरबारीया शक्तिहरू क्रियाशील भए ।” अब भने दरबारीयाले टाउको उठाउने अवस्था नरहेको बताउनुभयो । वर्तमान सरकारमा रहेको पार्टीहरू बिच नै असन्तुष्टि देखिँदै गएको बताउनुभयो ।

“सरकार टिक्ने र चल्ने अवस्था त्यहीँबाट देखिन्छू,गुरुङले भन्नुभयो, विकल्प हामीहरूले खोजेका छैनौँ ।” सरकारले सहमति सहकार्य गर्न नखोजेको कारण आफ्नै समस्यामा पर्दै गएको बताउनुभएको छ ।

सरकारमा रहेको कांग्रेस र एमालेले भने अनुसार संविधान संशोधन हुने हो भने २०४७ सालको संविधानको सेरोफेरोमा पुग्ने अवस्था देखिएको बताउनुभयो । उहाँले सबैको सहकार्य सहमति र छलफलबाट मात्र एउटा निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुर्ङका उपाध्यक्ष अनिष खातीको अध्यक्षता र सचिव विनोद प्रतिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung