३ श्रावण २०८३, आईतवार

 

दुदीलाभाटी ट्याक्टर दुर्घटनाका फरार प्रतिवादी दश वर्षपछि पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बगालुङले सवारी ज्यान कसुरमा फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।

दुदिलाभाटीमा भएको ट्याक्टर दुर्घटनामा प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय सुरेश कुमार माझीलाई घरबाटै पक्राउ गरेको हो ।

बडिगाडको खरर्बाङबाट काठेखोलाको अक्षतेतर्फ २०७२ साल वैशाख २४ गते माझीले चलाएको ट्याक्टर गलकोट नगरपालिका–१ दुदिलाभाटीमा दुर्घटना भएको थियो । दुर्घटनामा परीसुर्खेत जिल्लाको शाटाखानी गाउँपालिका–७ का १७ वर्षीय रामबहादुर सार्कीको उपचारको क्रममा मृत्यु भएपछि माझी १० वर्षदेखि फरार रहेका थिए ।

सवारी ज्यान कसुरमा फरार माझीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरी बागलुङ ल्याईएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले जानकारी बताउनुभयो ।

माझीलाई जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung