३ श्रावण २०८३, आईतवार

 

कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाण्डौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा।लि।९गुर्जुधारा ट्रायल सेन्टर०का बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्समा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको छ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung