३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लव अफ बागलुङ मुक्तिनाथद्वारा वृक्षारोपण

बागलुङ । लायन्स क्लव अफ बागलुङ मुक्तिनाथले बागलुङ नगरपालिका–१ रामरेखा स्थित विपी पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रमको आयोजना बागलुङ नगरपालिका स्थित विपी पार्कमा गरिएको थियो ।

वृक्षारोपण कार्यक्रममा क्लवका सदस्य र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य वातावरण संरक्षण र हरियालीको प्रवद्र्धन गर्नका लागि जनचेतना फैलाउनु रहेको थियो ।

यस कार्यक्रमका अवसरमा क्लवका सदस्यहरूले विभिन्न प्रकारका फुलका विरुवाहरू रोप्दै वृक्षारोपणको महत्वबारे जनचता फैलाएका थिए ।

कार्यक्रममा क्लवका अध्यक्ष लायन प्रकृति राजभण्डारी र अन्य सदस्यहरूले वन्यजन्तु संरक्षण र वातावरणीय दृष्टिकोणबाट वृक्षारोपणको भूमिका र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमले स्थानीय समुदायमा वातावरणीय सुधार र हरियाली प्रर्बद्धनमा वृक्षरोपणले योगदान पु-याउनेछ । यस अवसरमा, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका सदस्यहरूले ५० भन्दा बढी फुलका बिरुवा रोपेका थिए ।

कार्यक्रम डिष्टिक सिनियर एडभाइजर पार्वती थापा क्षेत्री, डिष्टिक कोडिनेटर कविता बस्नेत, रिजन चियर पर्सन जुनु श्रेष्ठ र जोन चियर पर्सन दुर्गा श्रीषले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रकृति राजभण्डारीको अध्यक्षता, द्वितीय उपाध्यक्ष गिता श्रेष्ठको स्वागत र सचिव चाँदनी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung