२१ जेष्ठ २०८३, बिहीबार

 

लायन्स क्लबहरुद्वारा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

बागलुङ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत बागलुङमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त आयोजनामा उपल्लाचौर आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई सोमबार पचास हजार रुपैयाँको विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा विद्यार्थीलाई पोशाक, स्टेशनरीलगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो।

लायन्स क्लब धौलागिरि बागलुङ, लायन्स क्लब बागलुङ सिटी, लायन्स क्लब बागलुङ, लायन्स क्लब बागलुङ कालिगण्डकी, लायन्स क्लब बागलुङ युनियन, लायन्स क्लब बागलुङ मुक्तिनाथ, लायन्स क्लब बागलुङ आवाज, लायन्स क्लब बागलुङ ब्लुसिप, लायन्स क्लब बागलुङ प्रोफेशनल र लायन्स क्लब बागलुङ शालिग्रामको संयुक्त आयोजनामा भएको कार्यक्रम लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक गभर्नर लायन दुर्गा प्रसाद हुमागाई, पूर्व डिष्ट्रिक गभर्नरहरु दिपक श्रेष्ठ, राजेन्द्र बाताजु , डिष्ट्रिक एडमिनिष्टेटर काजिमान गुरुङ लगाएतका लायन नेताहरुले विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा उपल्लाचौर आधारभूत विद्यालय प्रधानाध्यापक शान्ती कुमारी पौडेल सापकोटा, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक गभर्नर दुर्गा प्रसाद हुमागाईले मन्तव्य व्यक्त गरेका थियो ।

कार्यक्रम लायन्स क्लब धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीको अध्यक्षता, सिनियर एडभाइजर पार्वती थापा क्षेत्रीको स्वागत, लायन्स क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष लखन थापाको धन्यवाद र रिजन चियर पर्सन जुनु श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung