बागलुङ । बागलुङमा रहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतमा गाभिएको बिरोधमा बागलुङका राजनैतिक दल एक जुट भएर बिरोधमा उत्रेका छन् ।
गण्डकी प्रदेश सरकारको विभिन्न संरचना र कर्मचारी घटाउने निर्णय अन्तरगत छ हजार सेवा ग्राहीरहेको कार्यालय प्रदेश प्रशासनीक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन बिपरीत पर्यटन तथा उद्योग कार्यालय बागलुङलाई स्थानान्तरण गरि पर्वत लैजाने गण्डकी प्रदेश सरकारको निर्णयप्रती बागलुङका राजनैतिक दल र सरोकारवालाहरु असहमति व्यक्त गर्दै तत्काल निर्णय सच्याउन जोडदार माग गरेका छन् । आज बसेको सर्वदलीय बैठकले निर्णय सच्चाउन माग गरेको छ ।
नेपाली कांग्रेसका सचिव हरिहर शर्मा, एमाले बागलुका अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्रका टिका बिक, रास्वपाका खिमानन्द पौडेल, राजमोका विष्णुनाथ अधिकारी, नेपाल समाजवादी पार्टी नेपालका कृष्ण शर्मा र बागलुङ उद्योग वाणिज्यसंघका अध्यक्ष राजन कुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखरा पछिको दोस्रो व्यापारिक केन्द्रबाट उद्योग कार्यालय खारेजी गर्ने निर्णय सच्चाउन माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ प्रतिवेदनमा यथावत राख्ने भनिएको कार्यालय पर्वत लैजानेप्रति गम्बिर ध्यानाकर्षण भएको बताउदै आन्दोलनमा जानुपर्ने अवस्था नल्याउन चेतावनी दिन्छौ ।














































































































































































































