४ श्रावण २०८३, सोमबार

 

बागलुङमा बाल गोपाल भगवानको रथयात्रा सम्पन्न

बागलुङ । बागलुङ बजारमा बाल गोपाल भगवानको रथयात्रा निकालिएको छ ।प्रत्येक वर्ष जन्माष्टमीको भोलि पल्टको दिन नारायण चोकबाट रथयात्रा शुरु हुन्छ। आइतबार भजन र धिमेबाजासहित भगवानको रथलाई बागलुङ बजार परिक्रमा गराइएको थियो ।

प्रत्येक वर्ष व्यवस्थित रुपमा बाल गोपाल भगवानको रथयात्रा निकाल्ने परम्परा भएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले नयाँविश्वलाई बताउनुभयो । भगवानको पूजा आरधना गर्यो भने मनोकामना पुरा हुने विश्वास रहेको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका संरक्षक सम्पूर्ण नारायण भारीले बताउनुभयो ।

बागलुङ तत्कालिन संस्कृतिकर्मी टेकनारायण भारी, बहुद प्रसाद भारी (मानकाजी भारी),अश्विनी कुमार वझान्थाछेले विसं १९८३ मा बागलुङ नगरपालिका-३, नारायण चोकमा भारतको वनारसबाट लक्ष्मीनारायण भगवानको मूर्ति ल्याएर मन्दिरको स्थापना गर्नु भएको केहि वर्षपछि बाल गोपाल भगवानको मूर्ति स्थापना गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung