३ श्रावण २०८३, आईतवार

 

बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा मोटरसाइकलको विक्री बढ्यो, बाइक खरिद गर्नेलाई ७ हजारदेखि एक लाखसम्म छुट

बागलुङ । बागलुङको बुर्तिबाङ बजारमा सुरु भएको बजाज मोटरसाइकलको ग्रान्ड एक्सचेन्ज मेलामा मोटरसाइकलको विक्री बढेको छ । एक हप्तासम्म सञ्चालन हुने मेलाका अवसरमा नयाँ मोटरसाइकल बिक्री, पुराना एक्सचेन्ज तथा मर्मतको सुविधा भएकाले मेलामा युवाको आकर्षण बढेको शिव शक्ति अटोमोबाइल्सका सञ्चालक शिव शंकर साहले बताउनु भयो ।

ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ सिनेमा रोडमा सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै, वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको छ ।

बजारमा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफूहरुलाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरीदमा सहजता भएको सेवाग्राहीको भनाई छ ।यो अफर भदौ १३ गतेसम्म लागू हुनेछ । ग्राहकहरूले बुर्तिबाङ बजारमा मगाएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

ग्रान्ड एक्सचेन्ज मेला बजाज मोटरसाइकलका एघार वटा मोडेल र सबै रंगका मोटरसाइकल सुपथ मूल्यमा विक्रीको लागि राखिएको र खरीदकर्ताले मोटरसाइकल खरीदमा वित्तीय सुविधा पनि पाउने सञ्चालक शिव शंकर साहले नयाँ विश्वलाई जानकारी दिनुभयो ।कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने एक्सचेन्ज मेलामा अतिरिक्त १०,००० रुपैयाँ भ्यालुयसन दिइने कम्पनीले जनाएको छ।

साथै, अन–द–स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ। दशै तिहार नजिकदै आएकोमा मेलामा ग्राहकले इस्क्याच कुपन मार्फत सात हजारदेखि एक लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

मेलामा निःशुल्क एसेसरिज हेल्मेट, लेग गार्ड, बजाज ल्यापटप ब्याग पनि उपलब्ध गराइनेछ भने शून्य प्रतिशत सर्भिस चार्जको विशेष सुविधा रहनेछ।दसैंतिहारका अवसरमा शिवशक्ति अटोमोबाइलले बजाज कम्पनीका सबै मोडेलका मोटरसाइकलमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

यी मोटरसाइकलहरु भौगोलिक बनावटमा उपयुक्त,सर्वसाधारणले सजिलै किन्न सक्ने खालको मूल्य, उत्कृष्ट राम्रो माइलेज दिने र मर्मत खर्च कम आउने गरेकोले नै धेरै युवाहरुको रोजाइमा बजाज मोटरसाइकल रहेको छ ।

लामो समयदेखि बागलुङमा शिव शक्ति अटो मोबाइलले ग्राहकहरुलाई राम्रो सेवा र सुविधा दिएर विश्वास जितेकोले बजाज मोटरसाइकलको विक्री बढेको र युवाहरुको एक मात्र रोजाइ बजाज मोटरसाइकल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung