३ श्रावण २०८३, आईतवार

 

अनिष्टको भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय, कालिका मन्दिरमा चढाएका जमरा घरमा ल्याउछन्

बागलुङ । हिन्दुहरुको घरमा घटस्थापनादेखिनै चहलपहल हुन्छ । घटस्थापना जमरा राखेर दशैं शुरुभएपनि बागलुङको एक सिमान्तकृत समुदायको घरहरुमा भने घटस्थापनामा सुनसान हुन्छ ।

जमरा राख्नुपूर्व घरलाई लिप पोत गर्ने, रङ्गाउने प्रचलन भएपनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दशैंको चहलपहल छैन ।

घटस्थापदनाको दिन राखेको जमरा विजयादशीको दिन टिका संगै मान्यजनको हातबाट लगाउने चलन भएपनि जमारा नराखी माझी समुदायले दशैं मनाउने गरेका छन् । जमरा बिनै दशै मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषैंदेखि निरनतरता दिदै आएका छन् ।

जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ता भन्दा पहिलेदेखि जमरा नराखी नै दशैं मनाउदै आएको माझी समुदाय बताउछन् ।

घरमा जमरा राखे दशैंनै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैं मनाउने गरेको स्थानीय माझी समुदायले बताएको छ । पिता पुर्खाले भने अनुसार अनिष्ट हुने खतरा टार्नका लागि दशैंमा जमरा नराख्ने गरिएको हो । करिब डेढ सय वर्ष अघि सम्म जमरा राखेपनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको देउ कुमारी माझीले बताउनुभयो ।

जमरा राखेपछि घरकी कन्याको मृत्युभएको भन्दै जमरा राखन छोडिएको माझीको भनाई । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरुले घरमा जमरा नराखी कालिका मन्दिरबाट जमरा लगेर दशैं मनाउदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेपछि जमरा राख्ने चलन छोडियो” माझीले भन्नुभयो “जमरा नराखेपनि दशैंभने मानदै आएका छौं, जमरा नराख्दा अनिष्ट हटछ् भने किन राख्ने भनेर उक्त जमरा नराख्ने परम्पराले निरन्तरता पाएको छ ।”

यहाँका माझी समुदाय कसैलेपनि जमरा नराख्ने गरेको कृष्ण माझीले बताउनुभयो । जमरा राखेपछि लगातार छोरी चेलीहरुको मृत्यु भएर दशैं रोकिएको भनेर जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरुले भन्दै आएको माझीले सुनाउनुभयो ।

उहाँले दशैंको दिन कालिका मन्दिरमा चढाएका जमरा मागेर टिकासँगै लगाउन थालिएको बताउनुभयो । खनीयाबास र माझी समुदायमा २० परिवार माझी समुदाय बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung