३ श्रावण २०८३, आईतवार

 

बागलुङबाट सवारीसाधन बाहिरिन नपाइने, फर्कन थाले यात्रु

बागलुङ । बागलुङबाट सवारीसाधन बाहिरिनका लागि रोक लगाइएको छ ।जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङबाट छुट्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गुरुङले जिल्लाबाट छुट्ने सवै सवारीसधान सञ्चालनमा रोक लगाइएको बताउदै मालढुङ्गा चेकपोष्टमा कडाइ थालिएको बताउनुभयो । यात्रामा रोक लगाएपछि यात्रुहरु घर फर्कन थालेका छन् । यात्रुलाई टिकट काउन्टरबाटै यातायात बन्द भएको सूचना दिन थालिएको छ ।

उहाँले बागलुङबाट बाहिरिने यातायातका साधनलाई तत्कालका लागि रोक लगाइएको जानकारी दिनुभयो । जिल्लामा काठमाण्डौ र तराइका जिल्लाहरुमा बाहिरिने लामो दुरीका सवारीसाधन सञ्चालनमा रातको समयमा रोक लगाइएको हो । उहाँले विभिन्न जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाएकाले र काठमाण्डौमा सवारीसाधन भित्रिन रोक लगाएकाले जिल्लाबाट सवारीसाधन नछुटाउने जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जस्ता मुख्य राजमार्ग भएर छुट्ने सवारीसाधनलाई रातको समयमा रोक लगाइएको हो ।२० गतेसम्म मौसमको अवस्था तथा केन्द्रको निर्देशनका आधारमा मात्रै सवारीसाधन छुटाउन सक्ने गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung