बागलुङ । शिव शक्ति अटोमोबाइल्सबाट पल्सर मोटरसाइकल खरिद गर्नु भएका टिकबहादुर सिङकिजाले दशै दिपावलीको उपलक्ष्यमा बम्पर उपहार जित्नु भएको छ ।
म्याग्दी जिल्लाका सिङकिजाले बागलुङ नगरपालिका-१ रामरेखास्थित शिव शक्ति अटोमोबाइल्सबाट बजाज कम्पनीको पल्सर टु २० मोडेलको मोटरसाइकल खरिद गर्नु भएकोमा पचास हजार रुपैयाँ बराबरको नगद पुरस्कार जित्नु भएको हो ।
विजयी ग्राहक टिकबहादुर सिङकिजालाई शिव शक्ति अटोमोबाइल्सका सञ्चालक रोहित साहले नगद पचास हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । बजाज प्रिमियर लिग (BPL) स्मिक अनुसार मनाऔं जितको उत्सव कार्यक्रम अन्तर्गत हरेक हप्ता एक प्रदेशबाट एक जनालाई पचास हजार रुपैयाँ बम्पर उपहारलगाएत विभिन्न अफर रहेको छ ।
सबै ग्राहकले विभिन्न मोडेलको नयाँ मोटरसाइकल खरिद, पुराना एक्सचेन्ज तथा मर्मत सेवाका पाउनुका साथै मोटरसाइकल खरिदमा सहज फाइनान्सिङ्गको सुविधा पनि रहेको र यो अफर दिपावली, नेपाल सम्वत् र छठ पर्वसम्म रहेको सञ्चालक शिव शंकर साहले नयाँ विश्वलाई बताउनु भयो ।
शिव शक्ति अटोमोबाइल्सको शो रुममा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफूहरुलाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरीदमा सहजता भएको सेवाग्राहीको भनाई छ ।
बागलुङका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक शिव शक्ति अटोमोबाइल्सले दसैँ र दिपावली पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग सार्वजनिक गरेको थियो ।














































































































































































































