३ श्रावण २०८३, आईतवार

 

ढोरपाटनमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका ९ चौबिरमा पिकअप जिप दुर्घटना हुँदा स्थानीय राजिन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले बताउनुभयो ।

उहाँका अनुसार जिप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याउँदै गरिएको छ ।

बोबाङबाट ढोरपाटन जाँदै गरेको पिकअप जिपमा ५ जना चढेका थिए भने उकालोमा ब्रेकफेल हुँदा उक्त जिप दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung