२० जेष्ठ २०८३, बुधबार

 

इनर हुइल क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बागलुङ । इनर हुइल क्लब अफ बालाजु र इनर हुइल क्लब अफ पर्वतको संयुक्त आयोजनामा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

कुस्मा नगरपालिका–३ दुर्लुङ स्थित श्री दाल पोखरी आधारभूत विद्यालयका २६ जना विद्यार्थीहरुलाई २५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको छ ।

इनर हुइल क्लब अफ बालाजुकी अध्यक्ष तथा बागलुङ समाज कल्याण केन्द्र महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले विद्यार्थी र विद्यालयको संस्थागत विकासको लागि भविष्यमा पनि सहयोग प्रदान गर्ने बताइन् ।

कार्यक्रममा इनर हुइल क्लब अफ पर्वतकी अध्यक्ष सुजाता वि पौडेलले विद्यार्थीको शारिरीक र मानसिक विकासको लागि क्लबले न्यानो कपडा प्रदान गरेको र विद्यालयको शैक्षिक सुधारमा सहयोग जारी राख्ने बताइन् ।

कार्यक्रममा श्री दाल पोखरी आधाभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्याल र वडा सदस्य कुमार गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम इनर हुइल क्लब अफ पर्वतकी अध्यक्ष सुजाता वि पौडेलको अध्यक्षता र श्री दाल पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung