४ श्रावण २०८३, सोमबार

 

धौलागिरी प्रादेशिक अस्पतालको अध्यक्षमा श्रीप्रसाद शर्मा

बागलुङ । बागलुङको धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा श्रीप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्ले नियुक्ती गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा शर्मालाई नियुक्त गरेको गण्डकी प्रदेश सरकार मन्त्री परिषद्का प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङले गण्डकी प्रदेशका अन्य जिल्लाका व्यवस्थापन समितिमा समेत नियुक्त गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung