बागलुङ । फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले जिल्लामा क्रियासिल पत्रकारकासंग सम्बोधन परियोजना बारे अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा फाउण्डेशन बाट हालसम्म संचालित परियोजनाबारे जानकारी गराईएको थियो ।
फाउण्डेशनले संचालन गरेको स्वास्थ्य सुधार परियोजना अन्तर्गत प्रदेश, जिल्ला र पालिकामा गरी १२ वटा विभिन्न कार्यक्रम सम्पन्न गरेको परियोजना संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।
उहाँले यस परियोजनाले विशेष गरी स्वास्थ्य तथा सचेतनामुलक कार्यक्रम लाई विशेष जोड दिएको भन्दै बर्थिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी लाई विभिन्न प्रकारका तालिम दिएको, आगलागीबाट पिडित ६ परिवार लाई सहयोग तथा अपाङ्गता भएका १९ जनालाई ह्वील चियर, वैशाखी, बेडसिट, ट्वाईलेट लगायतका अपांङ्गमैत्री सामग्री सहयोग गरेको बताउनुभयो ।
परियोजनाका लागि १० वटै पालिकामा खटाईएका सामाजिक परिचालकले बालविवाह, लैङ्गिक हिंसा लगायतका सचेनामुलक कार्यक्रम गरेको सुवेदीले जानकारी दिनुभयो । परियोजनाका प्रमुख गणेश बरुवालले १० वटै स्थानीय तहमा विभिन्न प्रकारका कार्यक्रम संचालन गरेपनि सोचेजस्तो सुधार ल्याउन नसकिएको बताउनुभएको थियो ।
कार्यक्रममा परियोजनाकी अधिकृत सुजन पौडेलले गाजा डेभलपमेन्ट फाउण्डेशनबाट संचालित कार्यक्रमले समाजमा धेरै प्रकारका सकरात्मक सन्देश फैलाएको बताउनुभयो । परियोजना संचालन भएपछि घरमै सुत्केरी हुनेको संख्या न्युन रहेको तथा स्वास्थ्य सचेतनामा केही सकरात्मक परिवर्तन आएको बताउनुभएको थियो ।
कार्यक्रममा परियोजनाकी व्यवस्थापक प्रिन्सा कार्कीले ग्रामीण बस्तीमा, स्वास्थ्य, शिक्षा, बहुविवाह, सुरक्षित सुत्केरी बारे चेतना जगाउनका लागि संचारकर्मीको भुमिका महत्वपुर्ण हुनुपर्ने बताउनुभएको थियो । नेपाल गाजा फाउण्डेशनका अध्यक्ष यामलाल कँडेलले कतिपय क्षेत्रमा आफुहरुले जतिसुकै महत्वपुर्ण परियोजना संचालन गरेपनि समुदायको भुमिका न्युन रहेको तथा व्यावहारमा उतार्न कठिन भएको बताउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक विष्णु सुवेदी गर्नुभएको थियो भने संचालन व्यवस्थापक ममिता पुनले गर्नुभएको थियो ।


















































































































































































































