बागलुङ । बागलुङ नगरपालिका-१० भकुण्डेमा निःशुल्क आँखा परीक्षण शिविर बुधबार सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बागलुङ आवाजको आयोजना तथा आइ केयर फाउण्डेसन र नेपाल नेत्रज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण आयोजना गरिएको हो । उक्त शिविरबाट १ सय ५ जनाले सेवा लिएका थिए । शिविरमा निशुल्क चश्मा र औषधी पनि वितरण गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक धनकला रिजाल बानपा-१० का वडा अध्यक्ष तिलबहादुर थापा, डा. विनय लामिछाने, नेपाल नेत्रज्योति संघ बागलुङ धौलागिरि आँखा अस्पताल बागलुङका सभापति विन्दु सागर राजभण्डारी र लायन्स क्लब अफ बागलुङ आवाजका संस्थापक अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङ आवाजकी अध्यक्ष राधा शर्माको अध्यक्षता र पूर्वअध्यक्ष पम्फा किसानको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































