३ श्रावण २०८३, आईतवार

 

बागलुङमा यामाहाको बेस्ट एक्सचेन्ज मेला, मोटरसाइकल र स्कुटर खरिदमा अफरै अफर

बागलुङ । बागलुङ बजारमा यामाहा कम्पनीको बेस्ट एक्सचेन्ज मेला सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने मेलाका अवसरमा नयाँ मोटरसाइकल र स्कुटर बिक्री, पुराना एक्सचेन्ज तथा मर्मत गरिने टिएन अटोभेन्चेरका सञ्चालक नविन कार्कीले बताउनु भयो ।

बागलुङ नगरपालिका २ ट्राफिक चोकमा सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा यहाँका मोटरसाइकल र स्कुटर खरीद बिक्री कर्ताले विशेष छुटका साथै सहज र सरल रुपमा सेवा प्राप्त गर्ने जनाइएको हो । बजारमा यस्तो प्रकारको सेवा प्राप्त भएपछि आफूहरुलाई मोटरसाइकल मर्मत गर्न, एक्सचेन्ज गर्न र नयाँ खरीदमा सहजता भएको सेवाग्राहीको भनाई छ ।

पौष २३ गतेदेखि शुरु भएको यो अफर २९ गतेसम्म लागू हुनेछ । ग्राहकहरूले आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर यामाहाको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्ज मेला हेलमेट उपहारका साथै नगद छुटको व्यवस्था पनि गरिएको छ ।

बेस्ट एक्सचेन्ज मेला यामाहा मोटरसाइकलका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर सुपथ मूल्यमा विक्रीको लागि राखिएको र खरीदकर्ताले मोटरसाइकल खरीदमा वित्तीय सुविधा पनि पाउने सञ्चालक कार्कीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।यामाहा मोटरसाइकलको शोरुम बागलुङ नगरपालिका २ श्रीनगर टोलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung