बागलुङ । बागलुङको धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा तेजबहादुर कुँवर सन्तोष नियुक्त हुनुभएको छ ।
कुँवरलाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्ले नियुक्ती गरेको हो
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डा. रमेश कुमार केसीले कुँवरलाई आज अध्यक्षमा नियुक्ति भएको पत्र प्रदान गरेको छ ।
साथै व्यवस्थापन समितिको सदस्यहरुमा सुजित कँडेल र पार्वती थापा क्षेत्रीलाई पनि नियुक्त गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।














































































































































































































