३ श्रावण २०८३, आईतवार

 

धौलागिरी अटोमोवाइल्स व्यवसायी संघको छैठौं साधारण सभा सम्पन्न

बागलुङ । धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको छैठौं वार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, धौलागिरी अटोमोबाईल्स व्यवसायी संघका सल्लाहकारहरु लक्ष्मण श्री, कानुनी सल्लाहकार अधिवक्ता हरिकृष्ण सुवेदी, टक्सी व्यवसायी संघ बागलुङका अध्यक्ष सन्तबहादुर पाख्रीन र शुभकामना अटोमोबाइल्सका संचालक बमबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।

सभामा महासचिव राजु शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुपेन्द्र शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवा व्यवसायी प्रज्ञान मोर्टसका संचालक प्रताप केसी, दर्शन आर्ट एण्ड स्टिकर हाउसका मेकानिक साहिव आलम, थ्रीएस अटोमोबाइल्सका संचालक लोकबहादुर खड्का, एलिना मोटरपार्टसका संचालक क्षेत्रबहादुर थापा, पवित्रा आर्ट एण्ड स्टिकर हाउसका लोकेन्द्र विक, न्यू रामरेखा भगवतीका संचालक दिनेश बोहरा, शिव शक्ति अटोपार्टसकी संचालिका आशा कुमारी शाह, धौलागिरी अटोमोबाईल्स व्यवसायी संघका कोषाध्यक्ष भुपेन्द्र शर्मालाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम धौलागिरी अटोमोबाईल्स व्यवसायी संघको अध्यक्ष शिव शंकर शाहको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष चित्रबहादुर केसीको स्वागत र महासचिव राजु शर्माको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाईल्स व्यवसायी संघमा ७६ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट ४ सय ५० जना श्रमिकले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung