बागलुङ । लिड्स नेपालले बागलुङ नगरपालिका-७ तितौरेमा स्थानीय महिला तथा पुरुषलाई मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरेको छ ।
खुसिमन बागलुङका अध्यक्ष नारायण आचार्यले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू, मानसिक रोगका लक्षणहरु, रोकथामको उपायहरु, मानसिक स्वास्थ्यको महत्व र आवश्यकतामाथि सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा संरक्षक समाज बागलुङका संयोजक दिपक शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो । एक दिने सचेतना कार्यक्रममा ६० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
कार्यक्रम महिला समूहकी अध्यक्ष पार्वती हमालको अध्यक्षता र लिड्स नेपालकी बागलुङकी संयोजक विन्दु देवी शर्माको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































