बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगर पालिकाका ९ वटै वडामा एकसाथ चार हजार ६ सय १७ बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ ।
आवश्यक खोप र जनशक्तीद्वारा दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो ।
ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७ सय ६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिननै चार हजार ६ सय १७ जनालाई खोप लगाइएको छ ।
छुटेका बालबालिका र किशोर किशोरीलाई पुन विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोपलगाइने छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए ।
जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।













































































































































































































