बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा मोटरसाइकल नालीमा घसेर दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुधबार राती बडिगाड गाउँपालिका–५ स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको उपचारको क्रममा आज बिहान पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिनुभयो ।
मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते परियारको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका परियारको उद्धार गरी गलकोट नगर अस्पतालमा उपचारको लागि पठाइएकोमा थप उपचारको लागि पोखरा रिफर गरिएकोमा चिकित्सकले आज बिहान मृत घोषणा गरिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते हुनुभएका ३२ वर्षीय कृष्ण विकको गलकोट नगर अस्पतालमा उपचार भइरहेको घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
बडिगाड–५ मा बालुवामा मजदुरी गर्ने उहाँहरु खौलार बजारबाट बालुवातर्फ जाँदै गर्दा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक नालीमा खेसेर दुर्घटनामा परेको थियो ।













































































































































































































