३ श्रावण २०८३, आईतवार

 

धौलागिरी अस्पतालमा ४२ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

बागलुङ । धौलागिरी प्रादेशिक अस्पतालमा निःशुल्क मोतियाविन्दु शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअनुसार २०८३ वैशाख २८ गते सञ्चालन गरिएको शिविरमार्फत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ४२ जना बिरामीको सफल शल्यक्रिया गरिएको हो ।

यसअघि विभिन्न मितिमा चार जिल्लामा सञ्चालन गरिएको स्क्रिनिङ शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान तथा लगत संकलन गरिएको थियो ।

शल्यक्रिया कार्यक्रम हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौर बागलुङको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

हिमालयन आँखा अस्पताल पोखराका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. नारायणी भट्टराई रोकाको संयोजकत्वमा विशेषज्ञ टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट डा. कुशल गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung