बागलुङ । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् । अंकिता शर्मा र अन्जना शर्माले ३९६ ल्याएर नेपाल टप र निश्चल गौतमले ३९३ जिपिए ल्याएर अंचल प्रथम भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले ३।६ जिपिएसहित विज्ञान संकायमा सय प्रतिशत र व्यवस्थापन संकायमा शतप्रतिशत उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
यस पटकको परीक्षामा विज्ञान र व्यवस्थापन संकाय गरी एक सय ५४ जना विद्यार्थी सहभागि भएका थिए । यस विद्यालयमा २०७६ सालदेखि कक्षा ११ र १२ को अध्यापन सुरु भएको थियो ।
२०६३ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थी मैत्री वातावरण भएकाले कक्षा १२ को परीक्षामा अब्बल नतिजा ल्याएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँविश्वलाई जानकारी दिनु भयो ।
यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।








































































































































































































