बागलुङ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङको दोस्रो जिल्ला अधिवेशनले टेकबहादुर क्षेत्रीलाई पुन अध्यक्षमा सर्वसम्मत चयन गरेका छन् ।
बागलुङ बजारमा शनिबार सम्पन्न राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको अधिवेशनले क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको महिला उपाध्यक्षमा पार्वती केसी, सचिवमा भिमनाथ पौडेल, सहसचिव शिलशिला केसी, कोषाध्यक्षमा टंक केसी, सहकोषाध्यक्ष टिका कुमारी कँडेल चयन भएको थियो ।
साथै सदस्यहरुमा टिकाराम सापकोटा, कमल क्षेत्री, सरिता थापा, रिना थापा, युद्धबहादुर शाही, देवेन्द्र पौडेल, छविलाल शर्मा, खेमराज पाठक, नविन प्रताप जिसी, पार्वती शर्मा, गंम्भीरा घिमिरे, लेखनाथ पौडेल, लालु केसी, दिनेश पौडेल, भुमिराज क्षेत्री चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्रदेश अध्यक्ष वसन्त बास्तोला, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, महिला नेतृ ममता देवी शर्मा, लोक दोहरी प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागलुङको अध्यक्ष टेकबहादुर क्षेत्रीको अध्यक्षता, सदस्य कमल क्षेत्रीको स्वागत र सचिव भिमनाथ पौडेलको संचालनमा सम्पन्न भएको थियो ।








































































































































































































