अर्जेन्टिनी फुटबलका महान खेलाडी डिएगो म्याराडोना (Diego Maradona) ले सन् १९९९ को डिसेम्बरमा कोकिनको अत्यधिक सेवनका कारण जीवन–मृत्युको दोसाँधमा पुगेपछि उपचारका लागि उरुग्वे हुँदै क्युबामा स्वास्थ्यलाभ गरिरहेका बेला आफ्नो आत्मकथा लेख्ने निर्णय गरेका थिए।
उनका प्रतिनिधि गिलेर्मो कोपोलाका अनुसार म्याराडोनाले अर्जेन्टिनाको फुटबलदेखि स्पेन र इटालीका क्लबहरूमा बिताएका अनुभवलाई पुस्तकमा समेट्न चाहेका थिए।
‘‘Yo Soy El Diego’’ (आई एम डिएगो) शीर्षकको आत्मकथामा म्याराडोनाले आफ्नो बाल्यकालदेखि व्यावसायिक फुटबल यात्रासम्मका अनुभव खुलाएका छन्। पुस्तकमा उनले अर्जेन्टिनाको भिल्ला फियोरितोमा बिताएको बाल्यकाल, Argentinos Juniors बाट व्यावसायिक फुटबल सुरु गरेको समय, युरोपेली क्लबहरूमा खेलेका दिनहरू तथा सन् १९९७ अक्टोबर २५ मा द्ययअब व्गलष्यचक बाट खेलेको अन्तिम खेलसम्मका प्रसङ्ग समेटेका छन्।
आत्मकथामा उनले सन् १९८६ को 1986 FIFA World Cup मा इङ्ल्यान्डविरुद्ध गरेको चर्चित गोल, आफ्नो लागुऔषध दुव्र्यसन र त्यसले पारेका प्रभावबारे पनि खुलेर लेखेका छन्।
म्याराडोनाले तत्कालीन João Havelange र ब्राजिलियन फुटबल महानायक Pelé को पनि आलोचना गरेका छन्। हाभेलान्जबारे उनले फुटबल जीवनभर अन्यायको पक्षमा उभिएको आरोप लगाएका छन् भने पेलेले आफ्नो प्रभाव फुटबलको हितका लागि पर्याप्त रूपमा प्रयोग नगरेको टिप्पणी गरेका छन्।
पुस्तकमा उनले आफूलाई मनपर्ने १०० खेलाडीको सूची पनि समावेश गरेका छन्, जसमा David Beckham, Zinedine Zidane, Michel Platini र Hristo Stoichkov लगायतका नाम छन्।
आफ्नो ३३० पृष्ठ लामो आत्मकथाको अन्त्यतिर म्याराडोनाले लेख्छन्—
कसैले पनि मलाई लागुऔषध वा पैसाले मेरा सच्चा भावना परिवर्तन गरेको छ भनेर विश्वास दिलाउन सक्दैन। म सधैँ उही मान्छे हुँ। म म्याराडोना हुँ। म हुँ डिएगो म्याराडोना।
म्याराडोनाको आत्मकथा डिएगो म्याराडोना (I Am Diego) सन् २००१ नोभेम्बर २ मा युरोपमा पहिलो पटक सार्वजनिक गरिएको थियो।
















































































































































































































