१७ असार २०८३, बुधबार

 

लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ सालिग्रामद्वारा निःशुल्क रक्तदान कार्यक्रम हुँदै

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्बल अफ बागलुङ सालिग्रामले आफ्नो साप्ताहिक कार्यक्रमअन्तर्गत बुधबार निःशुल्क रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीका अनुसार रक्तदान कार्यक्रम बुधबार बिहान ८ बजेदेखि अस्पताल रोडस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार रक्त संचार केन्द्रमा सञ्चालन हुनेछ।

उहाँले रक्त अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

लायन्स क्बल अफ बागलुङ सालिग्रामका अध्यक्ष इन्द्र कुमारी काउचाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै रक्तदान कार्यक्रम तय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नियमित रक्तदानमार्फत बिरामीको जीवन बचाउन सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

लायन्स क्बल अफ बागलुङ सालिग्रामका संस्थापक अध्यक्ष आशा राजभण्डारी भारीले  नयाँ कार्यसमितिले सामाजिक सेवा, मानवीय सहायता, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

उहाँले सोही अभियानअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।

लायन्स क्लबहरु सदस्यहरूको नेतृत्व विकाससँगै सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

क्लबले रक्तदान कार्यक्रममा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung