१४ बैशाख २०८१, शुक्रबार

 

राजभण्डारी बने गैसस महासंघको केन्द्रीय सदस्य

डिसिआरडिसी बागलुङका अध्यक्ष तथा गैर सरकारि संस्था महासंघ बागलुङका सदस्य अध्यक्ष इश्वर लाल राजभण्डारी गैसस महासंघ नेपालको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

हालै काठमाडौंमा सम्पन्न गैरसरकारी संस्था महासंघको नबौं महाधिवेशनले उनलाई केन्द्रीय सदस्य निर्वाचित गरेको गैरसरकारि संस्था महासंघ नेपाल बागलुङका सचिव मणिभद्र शर्माले जानकारी दिए । उनी बागलुङका सक्रिय गैससकर्मी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्