१४ बैशाख २०८१, शुक्रबार

 

सृष्टिको नयाँ ‘सृष्टि’

बागलुङ । हरेक घर होस् वा अफिस त्यसको डेकोरेशनले त्यसको रुप नै फेरिदिन्छ । डेकोेरेशनले नै घर वा अफिसलाई आकर्षक देखाउँछ । जसका लागि आवश्यक फर्निसिचरदेखि विभिन्न प्रकारका डिजाइनका समाग्रीहरुको साजसज्जाले नै कोठाको आकर्षकता बढाउँछ ।
ठूलाठूला रुखका मुढाहरुलाई आकर्षक रुपमा काटेर त्यसबाट डेकोरेशनका लागि आवश्यक समाग्रीहरुको उत्पादन गर्नु त्यति सजिलो छैन । मेहनत, परिश्रमबाटनै विभिन्न प्रकारका साजसज्जाका लागि आवश्यक पर्ने समाग्रीहरु तयार हुन्छन् ।

बागलुङ नगरपालिका २ जीप पार्कमा रहेको सृष्टि फर्निचर एव फर्निसिङ सेन्टर अहिले बागलुङ बजारमा लोकप्रिय उद्योगका रुपमा स्थापित भएको छ । झण्डै एक करोडको लगानीमा शुरु भएको फर्निचर व्यवसायले अहिले हजारौंको मन जितेको छ ।


३५ जनालाई रोजगारी समेत दिएको फर्निचरमा उत्पादन हुने किचन, बेडरूका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट लगायतका समाग्री मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, अफिस फर्निर, होम अप्लाइन्सेज, होम डेकोर आदीका लागि आवश्यक समाग्रीहरु समेत एकै छाना मुनि पाइने भएका कारण पनि यहाँ सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
एकै छानामुनी आफुलाई आवश्यक सबै उत्पादन खाज्नेहरुका लागि सृष्टि फर्निचर एण्ड फर्निसिङ रोजाईमा परेको हो ।

सृष्टि फर्निचरमा डेकोरेशनका समाग्री मात्रै उत्पादन नभएर घर वा अफिसमै पुगेर सेवा दिने गरेको यसका संचालक सरिता गौतमले बताइन् । उनले आफूहरुले उत्पदान मात्रै नभई डेकोरेशन समेत गरिदिने र डेकोरेशनका लागि आवश्यक सबै समाग्री एकै छानामुनि उपलब्ध गराएकोले ग्राहकको कमी नभएको बताइन् ।


फर्निचर व्यवसाय संचालन गर्नु अगाडी आफूहरुले धेरै दुख गरेको तर सफलता हासिल गर्न सकेको उनले विगत सम्झदै बताइन् ।
२०६८ मा किराना  व्यापारबाट शुरु भएको व्यापारको यात्रामा राम्रो सफलता मिल्न नसकेको उनी बताउँछिन् । त्यतिबेला श्रीमान् ऋषि गौतमले सोलार प्लानको विक्री वितरण गर्थे ।


दुवै व्यवासयबाट राम्रो सफलता नमिलेपछि उनीहरुले कर्णबहादुर कार्कीसँगको सहकार्यमा फर्निचर व्यवसाय शुरु गरे । बागलुङ बजारमै २०/२० लाख लगानी फर्निचर उद्योग संचालन गरेको सरिताले बताइन् । तर त्यसमा सन्तोषजनक व्यापार भएन त्यसपछि हामीले आफ्नै लगानीमा झण्डै एक करोडको लगानीमा सृष्टि फर्निचर एण्ड फर्निसिङ सेन्टर खोल्यौ उनले भनिन् ।


अहिले यो व्यवसायमा ५÷६ करोड लगानी भइसकेको छ । यसबाट राम्रै फाइदा पनि मिलेको छ ,उनले भनिन् । बानपा २ जिप पार्कमा यसको स्वरुम छ । त्यहाँबाट नै उद्योगमा उत्पादन भएका समाग्रीहरुको विक्री वितरण हुँदै आएको छ । उद्योग उपल्लाचौरमा छ ।गलकोटमा पनि शाखा विस्तार गरी त्यहाँका स्थानीयबासीलाई समेत सेवा दिने काम सृष्टि फर्निचरले गरेको छ । सरिताले शोरुमको जिम्मा लिएका छन भने उनको श्रीमान ऋषि गौतमले उद्योग र बजार हेर्ने गर्छन ।

हटिया जीप पार्कमा ५०÷६० लाखको लगानीमा त्यस क्षेत्रको ग्राहकलाई लक्षित गरेर  नयाँ फर्निचर उद्योग संचालन  गरेको आफ्नो फर्निचरमा उत्पादन भएका समाग्रीहरु धेरै ठाउँमा माग हुने गरेको ऋषि गौतम बताउछन ।


केहि महिनाभित्रै स्टीलका दराज उत्पादन गर्ने आफूहरुले योजना बनाएको सरिताले सुनाइन् । त्यसको लागि आवश्यक तयारी हुदैँछ । हामी चाहान्छौं ग्राहकहरुलाई चाहिने सबै प्रकारका समाग्रीका साथै समस्याका समधान गर्ने उद्योगका रुपमा विकसित हुनेछ उनले भनिन् ।

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्