१४ बैशाख २०८१, शुक्रबार

 

कोरोना एकेडेमीका विद्यार्थीले गरे आश्रमलाई सहयोग

बागलुङ । कोरोना एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाखर्च कटाएर यहाँ रहेको एक आश्रमलाई सहयोग गरेका छन् ।

युवा रेडक्रस सर्कलमा आबद्ध बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको कोरोना एकेडेमीका विद्यार्थीहरुले मानव सेवा आश्रमलाई आफ्नो खाजा खर्च कटाएर जम्मा भएको रकमले खाद्यान्न सहयोग गरेका हुन् । पाँच हजार बराबरको खाद्यन्न सहयोग गरिएको हो ।

विद्यार्थीहरुले चामल, दाल, नुन, तेल, चिनी, भुजा, सावुन लगायतका खाद्यान्न खरिद गरेर आश्रमलाई हस्तान्त्रण गरेका हुन् । मानविय भावनाको बिकास गर्ने भन्दै खाजा खर्च कटाएर बचेको रकमले मानव सेवा आश्रमलाई सहयोग गरेको युवा रेडक्रस सर्कलका सचिव सिम्रन शर्माले बताईन् ।

प्रतिक्रिया दिनुहोस्