१४ बैशाख २०८१, शुक्रबार

 

जापानमा गाडीको ठक्करबाट नेपाली युवतीको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी जापानमा एक नेपाली युवतीको मृत्यु भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी ममता मोक्तानको जापानको नागोयामा विपरित दिशाबाट आएको गाडीको ठक्करबाट सोमबार बिहान मृत्यु भएको हो।

ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्कोमा अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साइकललाई गाडीले ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो।

मृतक ममताको माइती पर्सा जिल्लामा हो। ममताको मृत्युपछि नागोया प्रहरीले यसबारे अनुसन्धान शुरु गरिसकेको नेपाल मगर संघ जापानले जनाएको छ । एक महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी ममता अप्रिल ४ मा जापान गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्