३ जेष्ठ २०८१, बिहीबार

 

ट्राभल कम्पनीद्वारा ‘स्ट्रेचर’ सहयोग

बागलुङ/ काठमाडौंमा रहेको सुमेघ टुर्स एण्ड ट्राभलले बागलुङको गलकोटस्थित १२ वटा स्वास्थ्य संस्थालाई ‘स्ट्रेचर’ प्रदान गरेको छ । ट्राभलले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख मुल्य बराबरका १२ वटा ‘स्ट्रेचर’ निःशुल्क सहयोग गरेको हो । आपतकालिन अवस्थामा बिरामी बोक्न प्रयोग हुने ‘स्ट्रेचर’ पाउनेमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित ११ वटा स्वास्थ्य चौकी छन् ।

जसमा हटिया, मल्म, काँडेबास, रिघा, पाण्डवखानी, हिल, अर्गल, तारा, नरेठाँटी, अमरभूमि र दुदिलाभाटी गाविसका स्वास्थ्य चौकी रहेका छन् । गलकोट हटियामा जन्मनुभएका पर्यटन व्यवसायी एवम् ट्राभलका कार्यकारी निर्देशक मेघ केसीले ति ‘स्ट्रेचर’ हालै सम्बन्धित स्वास्थ्यसंस्थालाई हस्तान्तरण गर्नुभएको छ ।

‘स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई सुविधा होस् भनेर ‘स्ट्रेचर’ सहयोग गरेका हौं’ सञ्चालक केसीले भन्नुभयो ‘यस सहयोगको लागि करिव एक लाख रुपैयाँ खर्च भएको छ ।’

ट्राभल्सले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सामाजिक सेवाका क्षेत्रमा आफूहरु सँधै सहयोग गर्न तयार रहेको सञ्चालक केसीको भनाइ छ ।

निजी क्षेत्रको व्यवसायीले सरकारी स्वास्थ्य संस्थालाई सहयोग गर्नु सह्रानिय रहेको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका कार्यवहाक अध्यक्ष ललित श्रीसले बताउनुभयो । उहाँले अत्यावश्यक सेवा दिन र बिरामीलाई छिटो स्वास्थ्य संस्थामा पु¥याउन ‘स्ट्रेचर’ सहयोगी हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्