८ जेष्ठ २०८१, मंगलवार

 

आयुर्वेद औषधालयमा बिरामी बढे

हरिप्रसाद शर्मा—जाडो बढेँसगै धवलागिरी आयुर्वेद औषधालय बागलुङमा उपचारको लागि आउने बिरामीमा बृद्धि भएको छ । उपचारको लागि पहिला २० जना आउने गरेकोमा अहिले बढेर दैनिक ४० जना आउने गरेका छन । जाडो मौसममा रुघाखोकी,पिनास,ग्याट्रीक ,ढाड दुख्ने लगाएका बिरामी उपचारको लागि बढि आउने गरेको आयुर्वेद औषधालयका प्रमुख हरि पौडेलले बताउनुभयो ।
उपचारको लागि आउने बिरामीहरुलाई निशुल्क औषधी वितरण गरेको पौडेलले बताउनुभयो । उपचारको लागि नगरपालिका भित्र,पर्वत,म्याग्दी,लगाएका जिल्लाबाट दैनिक बिरामीहरु आउने गरेका छन । बिहु,बलेवा,पैयूपाटा र जैदिमा रहेका आयुर्वेद औषधालयका शाखामा समेत उपचारको लागि बिरामी आउने क्रम बढेको पौडेलले बताउनुभयो ।
अन्य औषधी भन्दा राम्रो र स्वास्थ्यका दृष्टिकोणले फाइदा पुग्ने भएपछि उपचारको लागि औषधालयमा आएको अन्जु बिश्वकर्माले बताउनुभयो । पछिल्लो समयमा औषधालयमा ६० बर्ष उमेर काटेका बृद्धबृद्धालाई बिषेश रुपमा बल बृद्धिको औषधी बितरण गरिदै आएको छ ।
पछिल्लो समयमा आयुर्वेदीक औषधीको उपचार गर्न युवायुबती, बालबालिका, बृद्धबृद्धाहरु आर्क्षित हुन थालेपछि धोैलागिरी अञ्चल आयुर्वे्दिक औषधालय वागलुङले स्थानियस्तरबाट चुडा औषधी उत्पादन गर्ने तयारी समेत गरेको छ । बागलुङका ग्रामिण भेगमा आयुर्वे्दिक औषधीबाट उपचार गराउन सर्बसाधरणहरुलाई सजिलो होस भन्ने उदेश्यले जिल्लाको बिभिन्न स्थानमा आयुर्वेद औषधालयका शाखा सन्चालन ल्याएको छ ।
औषधालयमा प्रयाप्त औषधी नहुदा बिरामीलाई प्रयाप्त मात्रामा उपलब्ध गराउन नसकिएको प्रमुख पौडेलले बताउनुभयो । आवश्यक औषधीको लागि सरकारसग माग गरिएको उहाले बताउनुभयो । आयुर्वेद अस्पतालमा ८० प्रकारका औषधी रहने व्यवस्था छ ।

1000

1000

प्रतिक्रिया दिनुहोस्