३ श्रावण २०८३, आईतवार

 

मोवाइलबाट गर्भवति जाँच गराउने बढे

 

प्रदिप पन्त

बागलुङ,। बागलुङमा मोवाइल स्वास्थ्य कार्यक्रम लागु भएपछि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा लिनेमा बृद्धि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले ‘मेडिक’ मोवाइलको सहयोगमा जिल्लाका ५९ गाविस र एक नगरपालिकामा यो कार्यक्रम लागु गरेपछि गर्भवति महिलाले स्वास्थ्य चौकीबाट सेवा लिने क्रम बढेको हो । ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा गर्भवति महिलालाई मोवाइल मार्फत जानकारी दिन थालेपछि सुत्केरी सेवा लिने र पटक पटक गर्भ जा“च गर्ने महिलामा बृद्धि भएको छ ।

मोवाइल प्रविधि मार्फत जानकारी दिन थालिएपछि गर्भवति महिलाले स्वास्थ्य चौकी र अस्पतालमा गर्भ परिक्षण गराउनको सङख्या पचा“स प्रतिशतले बृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय,बागलुङका बरिष्ठ जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारीले बताउनुभयो । ‘गर्भवति महिलालाई चार,छ,आठ र नौ महिनामा स्वयंसेविकाको मोवाईलमा सम्झाउन म्यासेज जाने गरेको छ’ तिवारीले भन्नुभयो ‘म्याजेस आएपछि स्वयंसेविकाले गर्भवति महिलालाई स्वास्थ्य परामर्श दिने र नियमित जा“च गराउन आग्रह गर्ने छन’ । महिला गर्भवति भएपछि मोवाइल मार्फत नियमिति चेक जा“चको लागि जानकारी दिन थालिएपछि यो सेवा प्रभावकारी बनेको छ ।

विगतका बर्षमा स्वास्थ्य चौकीमा गर्भवति जाच“ गराउने महिलाको सङख्या मासिक ५० जना हुने गरेकोमा अहिले मोवाई कार्यक्रम पछि ९० जना महिला परिक्षणको लागि आउने गरेको हटिया स्वास्थ्य चौकीका प्रमुख डिलप्रसाद सुबेदीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वयंसेविकालाई प्रदान गरेको ‘मेडिक’ मोवाइले गर्भवति महिलालाई म्यासेज पठाउने र उनिहरुले स्वास्थ्य चौकीमा गएर सेवा लिने गरेका छन ।

जिल्लाका ९ सय ५० महिला स्वयंसेविका र ६१ स्वास्थ्य संस्थालाई स्वतः सन्देश लेनदेन गर्न  सिम सहित निःशुल्क मोवाइल वितरण गरिएको छ ।   महिला तथा शिशु मृत्यु दर शुन्यमा पु¥याउन ‘मेडिक’ मोवाइलको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय,बागलुङले जिल्लाका सवै स्वयंसेविकालाई मोवाइल मार्फत एसएमएस पठाउने पद्धतिको विकास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung