२९ बैशाख २०८२, सोमबार

 

छोरी तिमि (कवितां)

- संजय राजभण्डारी

छोरी तिमी मुस्कुराए संसार हासेको हुन्छ ,
तिम्रो खुशीमा संसार नाचेको हुन्छ ,
त्यसैले आज ,
घर घरमा दिपावली मनाउदै छ रे ,
संसारका मानिसहरु नाच गान गर्दै छ रे ,
आकाश बाट फुलमाला बर्सिन्छ रे ,
उडिरहेका पन्छीहरु खुशीको खबर लिएर आउदै छ रे,
सारा देबि देबताले आशिर्वाद दिदै छ रे ,
सगरमाथा र धौलागिरी स्वागतको तयारीमा छ रे ,
ठाँउ ठाँउमा मैन बत्ती बालेको छ रे
संगीत प्रेमिहरु बाजा गाजा लिएर
सडकमा आइसकेको छ रे ,
किनन कि , आज
मेरो जिबनको सबै भन्दा प्यारो
मेरो जिबनको अनमोल ,
मेरो जिबनको ढुकढुकि ,
मेरो रिएल हिरोइन ,
मेरो साहस र हिम्मत ,
मेरि छोरीको जनम दिन हो रे ,
# जनम दिनको हार्दिक हार्दिक शुभकामना छोरी #

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung