३० बैशाख २०८१, आईतवार

 

मुकुललाई समृद्धितर्फ लैजान माओवादीको बिजयी अनिवार्यः नेता शाक्य

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य हितमान शाक्यले नागरिकलाई अधिकार सम्पन्न गराई मुलुकलाई समृद्धितर्फ लैजानको लागि आगामी निर्वाचनमा माओवादीको बिजयी अनिवार्य रहेको बताउनुभएको छ । बेनी नगरपालिका–४ सिंगामा आज नेकपा (माओवादी) केन्द्र बेनी नगर कमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता शाक्यले संविधान सभा मार्फत संविधान, संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातीक समावेशीता, महिला, आदीवासी जनजाती, अल्पसंख्यक र पिछडिएका क्षेत्रका नागरिकहरुलाई अधिकार सम्पन्न गराउन माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै तिनै एजेण्डाहरुलाई कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । अहिले मुलुक माओवादीकै एजेण्डामा अगाडि बढेको भन्दै उहाँले वर्तमान सरकारले हाँसिल गरेको लोकप्रियताले पनि आगामी स्थानीय तह निर्वाचनमा जनताले माओवादीलाई रोज्ने उहाँले दावि गर्नुभयो । ‘‘ हिजो भष्ट्राचार गरि कालोबजारीमा विद्यूत बेच्नेहरुले देश पछाडी थकेलेका हुन्, अहिलेको सरकारले जसरी लोडसेडिङ हटाएर मुलुकलाई उज्यालोतर्फ अगाडी बढाएको छ, यसले आम नेपालीमा समृद्धिको आसा पलाएको छ’’–उहाँले भन्नुभयो ।

नेता शाक्यले विभिन्न शक्ति केन्द्रहरुले माओवादीहरुमा विभाजन ल्याएको जिकिर गर्दै मुलुकमा लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरुको रक्षाका निम्ती पुनः क्रान्तिकारी बिचारधाराका शक्तिहरु एकजुट हुनुपर्ने आबश्यकता औँल्याउनुभयो । उहाँले माओवादीले जनयुद्ध नगरेको भए मुलुकबाट राजतन्त्रको अन्त्य सम्भव नरहेको बताउँदै माओवादीको नेतृत्वविना मुलुकमा समृद्धि समेत सम्भव नरहेको बताउनुभयो ।

मुलुकको परिवतर्नका लागि गरिएको जनयुद्धको कार्यभार अझै पुरा नभएको बताउँदै उहाँले जनताका अधिकार स्थापित गर्दै मुलुकलाई दिगो विकासतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य मानबहादुर बुढा, गोविन्द पौडेल लगायतले देशको विकासको योजना सहित माओवादी पार्टी निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा माओवादीको जित सुनिश्चित गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।
नेकपा माओवादी केन्द्र बेनी नगर समितिका संयोजक शेरबहादुर केसीको अध्यक्षता, विनोद केसीको स्वागत र कुशल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामिछाने, नवप्रवेशी देवी केसी लगायतले मन्तव्य राख्नुभएको थियो भने विभिन्न पार्टीबाट नवप्रवेशीहरुलाई प्रमुख अतिथि शाक्यले स्वागत तथा सम्मान गर्नुभएको थियो । यसैबिच नेकपा मओवादी बेनी नगरसमितीको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित हुनुभएको छ । प्रथम नगर सम्मेलनबाट केसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्