४ श्रावण २०८३, सोमबार

 

सुवेदार टिकाबहादुर थापा घरदैलो अभियानमा

आसन्न स्थानीय निर्वाचन नजिकिदै गर्दा गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । यसै क्रममा माओवादी केन्द्रको उपहार, गाउ र नगरमा सिहंदरबार भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मले चुनाव केन्द्रित कार्यक्रम विहिबार सम्पन्न गरेको छ । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार सुवेदार टिकाबहादुर थापाले विगत लामो समयदेखि नै समग्र व
डाको विकासमा आफूहरु निरन्तर लागेको स्मरण गराउदै आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको छ ।subedar11

सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट सदस्यका प्रत्यासीहरु डिल बहादुर परियार, लोक बहादुर थापा, मिना दर्जी र पदमा नेपालीले निर्वाचन केन्द्रित मन्तव्य राख्नु भएको थियो । झण्डै १ सय जनाको उपस्थिति रहेको कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष छुम बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । माओवादी केन्द्रले आजै तल्लो सिरबारेमा चुनाव केन्द्रित घरदैलो तथा जनभेटघाट समेत सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung