आसन्न निर्वाचन,राजनीतिक परिस्थिति र मानव अधिकारसम्वन्धि अन्र्तक्रिया सम्पन्न भएको छ । जनअधिकार अभियान नेपालको आयोजनामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा पञ्चाय शासन व्यवस्था पछि विस्तृत शान्ति सम्झौतासम्म आईपुग्दा देशको राजनीतिक व्यवस्था,सरकार र माओवादीबीच भएका सन्धि सम्झौता,जनयुद्ध र मानवअधिकारका क्षेत्रमा भएका उपलव्धिहरुको बारेमा अन्र्तक्रिया गरिएको थियो ।
सो अवसरमा राष्टिय मानवअधिकारका प्रतिनिधि हिमलाल सुवेदीले जनअधिकार अभियान नेपालको स्थापना,आवश्यकता,देशमा मानवअधिकारको अवस्था,निर्वाचनको आवश्यकता लगायतका विषयमा आफ्ना भनाई राखेका थिए ।सो अवसरमा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले एक आधारपत्र प्रस्तुत गर्नुभएको थियो । अन्र्तक्रिया कार्यक्रम जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































