१ जेष्ठ २०८२, बिहीबार

 

गलकोट नगरपालिका मल्ममा मतदाता शिक्षा कार्यक्रम सुरु

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि गलकोट नगरपालिका ७ मल्ममा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मतदाताहरुले मताधिकारको सहि सदुपयोग गरुन भन्ने उद्देश्यले निर्वाचन आयोगले सुरु गरेको उक्त कार्यक्रममा मल्मको साहानीडाँडा, बतासेडाँडा र नरौदीका झण्डै ३० जनाको सहभागिता रहेको थियो । मतदाता शिक्षा कार्यक्रमको कमला केसीले सहजीकरण गरेकी थिईन ।

सो अवसरमा मतपत्र र मतदान गर्ने तरिका, मतपत्र बदर हुने अवस्था, मतदान गर्ने समय अवधि, मतदाताले मतदान केन्द्रमा ध्यान दिनुपर्ने कुराहरु, स्थानीय तहका अंगहरु लगायतका विषयमा
प्रशिक्षण गरिएको थियो । मतदाता शिक्षा कार्यक्रम भोली गलकोट नगरपालिका ७ सप्ताहघाटमा गर्ने कार्यक्रम तय भएको बताईएको छ ।matadata k

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung