७ जेष्ठ २०८१, सोमबार

 

अमर मावि विहँकोटको भर्ना र्याली सम्पन्न

- विद्यालय क्षेत्र बाहिर रहेका बालबालिकालाई विद्यालयमा समावेश गर्ने लक्ष्य

अमर माध्यामिक विद्यालय बिहुँकोट बागलुङले  भर्ना र्याली सम्पन्न गरेको छ । हामी सवैको ईच्छा् अनिवार्य निशुल्क आधारभूत शिक्षा’ भन्ने मुल नाराका साथ सुरु भएको अभियानमा शिक्षक र विद्यार्थीले र्याली गर्दै २०७४ सालको भर्ना अभियानलाई सम्पन्न गरेका हुन । विद्यालय क्षेत्र बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा समावेश गर्दै पठन पाठन क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भीष्म कडेँल बताए ।
जिल्ला शिक्षा कार्यालयको परिपत्र अनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सञ्चालन गरिएको हो । विद्यालयका प्रधानाध्यापक भिष्म कडेँललको अध्यक्षता ,शिक्षक लिलाधर कँडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्